Logo

राजनीति

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक जारी



प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वानमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी रहेको छ ।

प्रधानमन्त्री ओलीले बैठक शुरु गर्दै कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण तथा जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार पछिल्लो समय राजतन्त्रको माग गर्दै भइरहेको विरोध प्रदर्शन र नेपाली कांग्रेससहितका दलहरुले सरकार विरोधी आन्दोलनमा जाने तयारीलगायत विभिन्न समस्याबारे छलफल थालेको बताईएको छ ।

आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १३:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।