Logo

राजनीति

गोकुल बाँकोटा टेप प्रकरणका विजयप्रकाश मिश्र जापान फर्किएपछि…



तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणमा जोडिएका विजयप्रकाश मिश्र फेरि जापान फर्किएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाँस्कोटाले घुस मागेको भनिएको टेपबारे उजुरी परेपछि उनलाई प्रमाणका लागि उपस्थित हुन भनिएकोमा उनी नेपाल आएपनि फर्किएका हुन् ।

मिश्रले बाँस्कोटालाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुस दिनका लागि भनी गरेको बार्गेनिङको टेप सार्वजनिक गरेका थिए । ७० करोड रुपैयाँको कमिसनको बार्गेनिङ भएको उक्त टेप मिडियामा आएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । त्यसपछि उक्त घटनामाथि अख्तियारले छानविन अगाडि बढाएपनि प्रमाणका लागि बारम्बार डाक्दा पनि मिश्र नपुगेको जनाउँदै आएको छ ।

प्रमाण नपुगेको भन्दै अख्तियारले फाइल तामेलीमा राखेपछि आलोचना भएको थियो । मिश्र प्रमाण लिएर जापानबाट नेपाल फर्किएको भनेपनि पुनः उतै गएका छन् । यसले यो घटनालाई थप नयाँ मोड दिएको छ ।

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  ६ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।