Logo

पत्रपत्रिका

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा



प्रधानमन्त्री केपी ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनलाई आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ ।

१३ वर्षअघि आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफैँ सोही समस्याबाट ग्रस्त भएकी छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जान घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन् । उनका बुबालाई पनि यही बिमारीले सताएको खबर भर्खरै बाहिरिएको हो ।

आर्थिक सहयोगका निम्ति उनी सरकारकहाँ नजानेमा छिन् । सरकारको नीति पनि छ, मृगौला रोगीलाई सहयोग गर्ने । तर, नीति भएरमात्रै के गर्नु, अस्ति सोमबारमात्रै मृगौला पीडित सरोकार समाजका नाममा बालुवाटार घेराउ भयो ।

आफूहरूलाई उपलब्ध गराइँदै आएको सम्पूर्ण सहयोग पूर्ववत उपलब्ध गराउनुपर्ने पीडितको माग थियो । उनीहरूले सरकारले घोषणा गरेको जीविकोपार्जनवापतको मासिक भत्ता र डायलासिसमा दिइँदै आएको सुविधा यथावत राख्न माग गर्दै १४ बुँदे ज्ञापनपत्र लिएर गएका थिए । तर, उनीहरूलाई प्रहरी लगाएर धपाइयो । ध्रुव त्यसमा सरिक थिइनन् । तर, आफ्नै रगत–पसिनाले बनेको पार्टीको सरकार भएको बेला जुलुस, धर्नाको झण्झट गर्नुभन्दा आफ्नै बुताले सकेको गर्ने पक्षमा हुनुहुन्छ ।

उमेर ६७ वर्ष पुग्यो । दैनिकजसो औषधी खाइरहनु परेको छ । त्यसले कहिले राम्रो गर्छ, कहिले समस्या पार्छ । अर्कातिर, पार्टी काममा सक्रिय भइरहेकै समयमा यस्तो रोगले सताएपछि कम्युनिष्ट गतिविधिमा पनि सक्रिय हुन सकेकी र्छनन् । जनआस्था साप्ताहिकबाट

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।