Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीले डायलासिस गरेर निवास फर्किए



प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको डायलासिस मंगलबार साँझ गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो ।

तेह्रौं दक्षिण एसियाली खुलकुद प्रतियोगिता (साग)को समापन कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली मिर्गौलाको नियमिति डायलासिसका लागि सेन्टर गएका थिए ।डायलासिस गराएपछि प्रधानमन्त्री राति अबेर सरकारी निवास बालुवाटार फर्किएका छन् । सेन्टरमा मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली १९ गते बिहीबार डिस्चार्ज भएका थिए ।

डिस्चार्जपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री मंगलबार साँझ नियमित डायलासिसका लागि अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओली उपचारका लागि अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

प्रधानमन्त्रीलाई किन अस्पतालमा लगिएको भने बारेमा आधिकारिक सुचना नआएपनि उनी निकट स्रोतले नियमित जाँचका लागि लगिएको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।