जग्गाको कित्ताकाट खुला गर्ने सरकारले निर्णय सर्वोच्च अदालतले रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मन्त्रिस्तरीय निर्णय भई जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय बदर गरेको हो ।
सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले मिडियालाई दिएको जानकारी अनुसार जग्गाको कित्ताकाट सम्वन्धी मुद्दामा सर्वोच्चले आज अन्तिम निर्णय सुनाएको हो । मन्त्रिस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारीसमेतले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । उक्त निर्णय बदनियतपूर्ण तरिकाले भएको भन्दै केहीले विरोध पनि जनाएका थिए ।
मन्त्रालयले गत २०७४ साउन २६ मा प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको थियो । वर्तमान भूमि व्यवस्थामन्त्री पद्या अर्यालले गत १८ भदौमा यसअघिको निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गरेकी थिइन् ।जग्गाको कित्ताकाट खुला गर्ने सरकारले निर्णय सर्वोच्च अदालतले रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मन्त्रिस्तरीय निर्णय भई जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय बदर गरेको हो ।
सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले मिडियालाई दिएको जानकारी अनुसार जग्गाको कित्ताकाट सम्वन्धी मुद्दामा सर्वोच्चले आज अन्तिम निर्णय सुनाएको हो । मन्त्रिस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारीसमेतले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । उक्त निर्णय बदनियतपूर्ण तरिकाले भएको भन्दै केहीले विरोध पनि जनाएका थिए ।
मन्त्रालयले गत २०७४ साउन २६ मा प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको थियो । वर्तमान भूमि व्यवस्थामन्त्री पद्या अर्यालले गत १८ भदौमा यसअघिको निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गरेकी थिइन् ।

प्रतिक्रिया