Logo

राजनीति

धर्मनिरपेक्षता विरोधीहरुलाई बाबुरामको सुझाव- धामीझांक्री लगाऊ, लगौंटी लगाएर हिंड



जनता समाजवादी नेपालका नेता तथा पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता चाहने शक्तिहरूलाई पाँच सुझाव दिएका छन् । उनले गणतन्त्र, संघीयता, धरनिरपेक्षतालाई ‘विदेशी एजेन्डा’ भन्नेहरूलाई ट्वीटमार्फत सुझाव दिएको हो।

अहिले सडकमा हिन्दु राज्य, राजसंस्थाको पक्षमा नारा-जुलुश गर्नेतर्फ उनको सुझाव केन्द्रित छ । उनले  पहिलो सुझावमा बताएकाे छ, ‘विज्ञान, प्रविधि, विदेशी भाषा नपढ, गुरुकुल मात्र जाउ।’

उनले दोस्रो सुझावमा अस्पताल नजान र धामीझाँक्री लगाउन लागेका छन् । यस्तै, भट्टराईले गाडी नचढ, पैदल हिँड, विदेशी, मेसिनले सिलाएका लुगा नलगाउ, लगौंटी लगाएर हिँडभनेका छन् । भट्टराईले फोन इन्टरनेट, टिभी प्रयोग नगर, नत्र बकवास नगर भनेका छन् ।

उनले लेख्नुभएकाे छ- 

गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:

१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ

२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ

३.गाडी नचढ,पैदल मात्र हिंड

४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड

५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ०८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।