यतिबेला नेपाली उखान “खाने मुखलाई जुँगाले छेक्दैन” भनेझैँ, विवाह गर्न कोरोनाले छेक्न सक्दैन भन्ने उखान भारतको राजस्थान शहरमा लागु भएको छ ।
राजस्थानमा एक जोडीले कोरोना भएकै कारण पीपीई सेटमै विवाह गरेका छन् । गत आइतबार विवाह सुरु हुनुअघि बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुले पीपई सेटमै विवाह गरेका हुन् ।
कोरोना संक्रमणबाट बच्न उक्त विवाहमा बेहुला-बेहुली सहित विवाहमा सहभागी अन्य मानिसहरुले पनि पीपीई लगाएका थिए । राजस्थानको बरानस्थित कोभिड–१९ क्वारेन्टिन सेन्टरमै उनीहरुले विवाह गरेका छन् ।
मण्डपमा पीपीईसहित बसेका बेहुला र बेहुलीले पीपीई बाहिरैबाट एकअर्कालाई वरमाला लगाइदिएका थिए । उनीहरुले भाइजर र मास्क पनि लगाएका थिए । उनीहरुलाई विवाह गराउने पुरोहितले पनि पीपीई सेट लगाएका थिए ।
बेहुली र उनको परिवारलाई कोरोना संक्रमण देखिएपछि कोभिड–१९ सेन्टरमा राखिएको स्वास्थ्य अधिकारी राजेन्द्र मीनाले बताए । मीनाले भने ‘हामीले दुवै पक्षका परिवारहरुसँग परामर्श गर्यौं र उनीहरु क्वारेन्टिन सेन्टरमा नै छोटोरुपमा विवाह सकाउन राजी भए “।




















प्रतिक्रिया