Logo

राजनीति

केपी ओलीले गरे यतिसंम्म चलाखी



काठमाडौंमा माघ १५ गतेदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण बैठक आज समापन हुँदैछ । केन्द्रीय सस्यहरुले उठाएका सवालमा प्रधानमन्त्री एबं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर बैठक समापन गरिने तयारी गरिएको छ । यसको लागि अध्यक्षद्धय यतिवेला बैठकस्थल राष्ट्रियसभा गृहमा पुगिसकेका छन् ।

सबै केन्द्रीय सदस्यहरु पनि बैठकस्थलमा प्रवेश गरिसकेका छन् । तर, बालुवाटारमा सचिवालय बैठक बसेकोले बैठक केही विलम्ब भएको हो । आज अध्यक्षद्धय ओली र दाहालको अलावा महासचिव विष्णु प्रसाद पौडेलले समेत जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार बैठकको बारेमा मिडियालाई जानकारी गराउने उद्देश्यले साँझ पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
बैठक समापनसँगै प्रधानमन्त्री ओलीले आजै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रिभोजको आयोजना गरेका छन् ।

कतिपयले भोजको आयोजना गरिनु भनेको असन्तुष्ट नेताहरुलाई फकाउनको लागि भएको राजनितिक वृतमा चर्चा चलेको छ ।प्रधानमन्त्री एबं अध्यक्ष ओलीको चलाखी स्वरुप बालुवाटारमै केन्द्रीय सदस्यहरुलाई रात्रिभोज गरिने भएको हो । दोस्रो पूर्ण बैठकमा धेरै केन्द्रीय सदस्यहरुले सत्तामा रहेकाहरुको खुलेर आलोचना गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार १७:५२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।