Logo

राजनीति

काँग्रेसलाई उपसभामुख, राजपा हिस्स !



नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिएर उपसभामुखको भीख मागेपछि सरकार र काँग्रेसबीच प्याकेजमा सहमति भएको जानकारहरुले बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसलाई उपसभामुख दिएर सहमति, सहकार्य गर्दै अगाडि बढ्ने सोचमा नेकपाको सरकार रहेको बताइएको छ ।

राजपासँग २ बुँदे सहमति गरे पनि संविधान संशोधनको मुद्दा पेचिलो बनेपछि उपसभामुखको दाबी राजपाले छाडेको स्रोतले जानकारी दिएको छ ।उपसभामुखको विषयमा राजपा अध्यक्षमण्डलबीच नै विवाद रहेकाले काँग्रेसले उपसभामुख पाउने लगभग निश्चित रहेको समाचार सूत्रले बताएको छ ।

काँग्रेसबाट पुष्पा भुसाल र चित्रलेखा यादवमध्ये एकले पाउने बताइएको छ ।काँग्रेसले उपसभामुख नपाए राष्ट्रिय जनमोर्चाका सांसद् दुर्गा पौडेलले पनि पाउन सक्ने बताइएको छ ।

नेकपाको सरकारले उपसभामुख पद कमाण्डलु लिएर काँग्रेसका सभापति एवं वरिष्ठ नेताले भीख मागेपछि नेकपा सकारात्मक संकेत देखाएको चर्चा चलेको छ ।जीत–हार जे भए पनि सभामुखमा उम्मेदवारी नदिएर काँग्रेसले गल्ती गरेको भन्दै काँग्रेसका नेताहरुले नै विरोध जनाएका थिए, नयाँ विमर्शमा उल्लेख छ ।

उता पम्फा भुसाललाई सभामुख बनाउन गरेको प्रस्ताव कार्यान्वयन नभएपछि गृहमन्त्री रामबहादुर थापा एमसीसीको विरोधमा लागेको बताइएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।