Logo

राजनीति

मेडिकल शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको योग्यता छानबिन गर्न सांसद संग्रौलाको माग



प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद डा.डिला संग्रौलाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा कृष्ण गिरीको योग्यताको विषयमा छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद संग्रौलाले यस्तो माग गरेकी हुन् । ‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.कृष्ण गिरीको योग्यतामाथि प्रश्न उठेका छन् । सत्य तथ्य के हो रु छानविन हुनुपर्यो,’ उनले भनिन् ।

निजी मेडिकल कलेजहरूले शुल्क फिर्ता गर्ने सहमति भए पनि कलेजहरूले शुल्क लिइरहेको बताउँदै सांसद संग्रौलाले सहमति कार्यान्वयन भयो कि भएन रु भन्दै सरकारलाई प्रश्न गरिन् ।

‘निजी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै फिर्ता गराउन विद्यार्थीहरूले पटक–पटक आन्दोलन गर्दे आएका छन्’ उनले भनिन् ‘विद्यार्थीका अभिभावक, कलेज सञ्चालक र सरकारबीच कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर सहमति विपरीत कलेजहरूले बढी शुल्क लिइरहेका छन् ।’ सम्झौता कार्यान्वयनमा ल्याउन सरकारले भूमिका खेल्नु पर्ने उनले माग गरिन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार १६:२५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।