Logo

आजदेखि डिजेल पेट्रोल र मटितेलको मूल्य बढ्यो 



नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढाएको छ । निगमले आजदेखि अर्थात शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाएको हो ।

आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले बढेको मूल्यपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको जानकारी दिए ।

हवाई ईन्धन तथा एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।