Logo

प्रमुख समाचार

अख्तियारले पार्टीको काम गर्ने होइन : देउवा



कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टीको काम गर्न नहुने बताएका छन् ।

शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित एम्बुलेन्स तथा शवबाहन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले नेकपाको निर्देशनमा कांग्रेस नेता विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले मुद्दा लगाएको बताए ।

‘अख्तियारका कर्मचारीले पनि जनताबाट उठेकै करबाट तलब खाने भएकाले उनीहरूले पार्टीको काम गर्ने हैन, पार्टीको निर्देशनमा नेता तथा कर्मचारीहरूलाई झुटो मुद्दा लगाएर दुःख दिने होइन,’ देउवाले भने । उनले गच्छदारविरुद्ध लगाएको मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार १०:३३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।