अपि पावर कम्पनीले सर्वसाधारणका लागी बिक्री गर्न लागेको करिब साढे १३ लाख कित्ता शेयर लिलाम प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको जनाएको छ ।
सर्वसाधारण समूहको शेयर १३ लाख ४६ हजार २१८ कित्ता रहेको छ । उक शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुे पर्ने कम्पनीले जनाएके छ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । लगानीकर्ताले सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया