स्मार्टफोन ब्राण्ड भिभोले ठूलो ‘वार्षिक बिक्री मेला’ सञ्चालन गरेको छ । नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस भिभाले सबैभन्दा ठूलो वार्षिक बिक्री मेलाको घोषणा गरेको हो ।
कम्पनीले केही सिमित अवधिको अवसरले नेपाल स्मार्टफोन बजारका निश्चित ह्याण्डसेटहरुमा निकै ठूलो छुट प्रदान गर्ने जनाएको छ । जुन नजिकैको आउटलेटहरुमा वा भिभोको आधिकारिक अनलाईन पार्टनर दराजमार्फत लिन सकिन्छ । यस अवधिमा भिभो भी १९ भिभो एस१ प्रो र भिभो वाई१२ स्मार्टफोनहरुमा विशेष छुट पाइन्छ ।
यस बिक्री मेलाको भागको रुपमा भिभोले मेलाको २५ दिनको अवधिमा प्रत्येक भिभो स्मार्टफोन बिक्रीमा लक्की ड्रमार्फत आकर्षक उपहार ह्याम्परहरु र बम्पर पुरस्कारहरु वितरण गर्नेछ । लक्की ड्र उपहारको रुपमा भिभोले भाग्यशाली ग्राहकहरुलाई १५०० स्क्रिन रिप्लेस्मेन्टस्, १० पावर ब्यान्क, ६ ऐयरबडस् र ४३–इन्च स्मार्ट टि.भी. प्रदान गर्नेछ ।
भिभो नेपालका सिईओ मार्स भन्छन्,“हाम्रो नेपालमा तेस्रो वार्षिकोत्सवको अवसरमा भारी छुट र बम्पर पुरस्कारका रुपमा यस्ता आकर्षक अफरहरु ल्याउन पाउँदा हामी खुसी छौं । उक्त मेला ५ जानवरी २०२१ सम्म मान्य रहनेछ र ग्राहकहरुलाई निकै कम मूल्यमा उत्कृष्ट उत्पादन लिने अवसर दिलाउनेछ । हामीले नेपाली बजारमा कदम राखेदेखि नै हामीलाई नेपाली ग्राहकहरुले दिनु भएको माया र साथ प्रति निकै आभारी छौ । हामीले यो अवसर प्रत्येक ग्राहकलाई आकर्षक उपहार र आश्चर्यका साथ धन्यवाद दिदै हाम्रो वार्षिकोत्सव सम्झन लायक बनाउने लक्ष्य राखेका छौ ।”
नेपालको सबैभन्दा ठूलो ई–कमर्स वेबसाइट दराजले पनि भिभो सेल्स् कार्निभलको सुरुवातकै सोहि दिन आफ्नो वार्षिक वर्ष–अन्त सेल सुरु गर्दैछ । साझेदारीमा थप दराजले निःशुल्क शिपमेन्ट जस्ता धेरै आकर्षक अफरहरु प्रदान गर्दछ, साथै भिभो स्मार्टफोनहरुको खरिदमा २५ देखि ३५ को नियमित छुट रहेको छ । दराजले ग्राहकहरुलाई रु। २१०० सम्मको भौचर अफरहरु पनि प्रदान गर्दैछ ।
३० भन्दा बढी मुलुकहरुमा आफ्नो उपस्थितिको साथ भिभोले नेपालमा आफ्नो यात्रा २०१७ मा स्ुरु गरेको हो र नवीनतम स्मार्टफोन प्रविधि विकास गरि बजारमा सफलपूर्वक आफ्नो लागी सुरक्षित स्थान बनाएको छ । नेपाली स्मार्टफोन बजारमा आफ्ना स्थापना देखि नै धेरै नवीन र उत्कृष्ट प्रविधिका विभिन्न सिरिज वाई, भीका स्मार्टफोनहरु भित्राएको छ जुन आजको युवाहरुको विकसित र बदलिदो जीवन शैलीलाई मध्यनजर गरि तयार गरिएको छ ।
विगतका वर्षहरुमा, भिभोले ग्राहकहरुलाई स्मार्टफोन अनुभव र खरिद गर्नका लागी देशभर रहेको १००० रिटेल स्टोरहरुको साथमा नेपाली बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ ।
उक्त वार्षिक मेला १२ डिसेम्बर २०२० देखि सुरु भई ५ जानवरी २०२१ मा समापन हुनेछ ।
प्रतिक्रिया