प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्दोष भएको बताएका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनधिकृत तवरले अडियो सार्वजनिक गरेको छ । तर केही प्रमाण छैन, सत्यता पुष्टि भएको छैन, स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’
आप्नोसमेत नाम जोडेर अख्तियारमा दिइएको उजुरी औचित्यहीन भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएका हुन । अडियो सार्वजनिक गर्ने व्यक्ति विजय मिश्र फटाहा भएको पुष्टि भइसकेको छ । त्योसँग त डिल नै भएको छैन ।
फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरूको डिल भएको छ, कुरा भएको छ । अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन ।’ पार्टी र सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्रहत्या गर्न संगठित प्रयास भइरहेको उनको दाबी रहेको छ। नेपाल समाचारपत्रबाट
















प्रतिक्रिया