इटालियन सिरी ‘ए’ अन्तर्गत गएराती भएको खेलमा शीर्षस्थानमा रहेको एसी मिलान पार्मासँग बराबरीमा रोकिएको छ ।
मिलानको घरेलु मैदानमा भएको खेलमा दुई गोलले पछि परेको अवस्थामा मिलानका लागि हर्नान्डेजले दुई गोल गरेपछि बराबरीमा टुंगिएको हो ।
पार्माले घरेलु टोलीलाई खेलको १३औं मिनेटमा पछि पारेको थियो, त्यस्तै ५६औं मिनेटमा मिलान २–० ले पछि पर्यो । पार्मालाई अग्रता दिलाउने क्रममा जेर्भिन्होको पासमा हेर्नानीले गोल गरेका थिए ।
दोस्रो हाफको ५८ औँ मिनेटमा मिलानका लागि थियो हर्नान्डेजले हकान कलहानोग्लुको पासमा गोल गर्दै खेलमा फर्कने संकेत दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–२ गोलको बराबरीमा ल्याए । पार्माका हेर्नानी र जस्मिन कुरटिकले गोल गर्दा मिलानका थियो हर्नान्डेजले दुवै गोल गरेका हुन् ।
पार्मासँगको बराबरीसँगै मिलान ११ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ, भने पार्मा ११ अंक जोडेर १४औं स्थानमा रहेको छ ।




















प्रतिक्रिया