स्पेनिस ला लिगा अन्तर्गत कप्तान लियोनेल मेस्सीको एकमात्र निर्णायक गोलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को झिनो जित दर्ता गरेको छ ।
क्याम्पनोउमा लेभान्टेका गोलरक्षक एइटर बाधक बन्दा बार्सिलोनाले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाले खेलमा पकड बनाएपनि गोल गर्न निकै गाह्रो भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरीमा रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा झनै आक्रामक बनेको बार्सिलोनाले ७६औं मिनेटमा कप्तान लियोनल मेस्सीको गोल बाट १–० को अग्रता लिन सफल भयो ।
लेभान्टेसँगको जितसँगै बार्सिलोना ११ खेलबाट १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ भने, पराजित लेभान्टे ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।


















प्रतिक्रिया