न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिज विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट खेलमा घरेलु टोली न्युजिल्याण्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ ।
यसअघि भएको पहिलो टेस्ट खेलमा पनि न्युजिल्याण्डले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनको विशाल अन्तरले पराजित गरेको थियो, भने दुई टेस्टको यो शृंखलाका दुबै खेल न्युजिल्याण्डले जितेको छ ।
न्युजिल्याण्डले चौथो दिनको पहिलो सत्रमै वेस्ट इन्डिजलाई पराजित गरेको हो । पहिलो इनिङमा १३१ रनमै समेटिएको वेस्ट इन्डिजले दोस्रो इनिङमा पनि सबै विकेट गुमाएर मात्र ३१७ रन जोडेको थियो । ब्याटिङ र बलिङ दुबैमा दमदार प्रदर्शन गर्दै न्युजिल्याण्डले पहिलो इनिङमा ४६० रन बनाएको थियो । वेस्ट इन्डिजसँगको जितसँगै न्युजिल्याण्डले देशभित्र खेलिएका सबै १५ टेस्टमा विजयी भएको रेकर्ड पनि बनाएको छ ।
हाल टेस्ट बरियतामा न्युजिल्याण्ड र अस्ट्रेलिया समान अंकका साथ पहिलो स्थानमा छन् ।





















प्रतिक्रिया