प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दिने भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्विट गर्दै भान्जी समिक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका हुन् ।
रिमाललले लेखेका छन्, ‘मैले सोधें कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ।’
प्रधानमन्त्री ओलीलाई १० दिन आइसीयूमै राखिने
दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् । ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो ।
धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् । प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । हाल प्रधानमन्त्री अन्य बिरामीभन्दा पृथक् अत्याधुनिक आईसीयूमा भएकाले अस्पताल बसाइ अलि लम्ब्याउँदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् ।



















प्रतिक्रिया