Logo

पुस १० गतेदेखि फिल्म हल सञ्चालन हुँदै



करिब ९ महिनादेखि ठप्प रहेका नेपालका फिल्म हल पुस १० गतेबाट सञ्चालनमा आउने भएका छन् । नेपाल चलचित्र संघले एक विज्ञप्ति निकाल्दै आगामी पुस १० बाट फिल्म हल सञ्चालन हुने जनाएका छन् । सरकारले चलचित्र घर खुलाउने कुनै चाँसो नदेखाएपछि आफुहरु बाध्य भएको यो निर्णय गरेको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । 

नेपालमा फिल्म हल थप्प बनेको  लगभग ९ महिना पुरा भएको छ, अरु विभिन्न क्षेत्रहरुलाई निश्चिित मापदण्ड पुर्याएर सञ्चालन गर्न भनेपनि सरकार फिल्म क्षेत्रतर्फ भने त्यत्ति चाँसो देखाएको छैन ।

संघले जारी गरेको विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ । 
कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन । 

लकडाउनपूर्व नेपालमा १ सय ९३ वटा स्क्रिन चालु अवस्थामा रहेका थिए । त्यसमध्य करिब ३० ‘क्युएफएक्स’ स्क्रिनमध्ये काठमाडौंमा १५ वटा सञ्चालनमा छन्। 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।