Logo

प्रमुख समाचार

प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्छ : सांसद चौधरी



शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

उनले भ्रष्टाचारीलाई काम कारबाही गर्न नसकेका कारण प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । यसै प्रसंगलाई जोड्दै सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि त फेर्न पर्दो रहेछ नि । त्यसैले आफ्नो आसेपासे भए पनि देश र जनताको काम नलाग्ने मान्छे, भ्रष्टाचारहरुलाई किन कारबाही अहिलेसम्म भइराखेको छैन रु नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’

हाल प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना छन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार स्वदेशमै सफलतापूर्वक सम्पन्न भएको हो। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा संग्रौला दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्रीको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा.प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमारलगायत सहभागी थिए। अनन्तकुमार प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक हुन्। मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी प्रा.डा दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द्र काफ्ले र डा. रविन नेपालीलगायतको टोली रहेको थियो।

त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवा आचार्यलगायतको टोली सहभागी थिए। ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

शल्यक्रियाका लागि डा।प्रेम ज्ञवालीको टोली र डा। उत्तम शर्माको टोली खटिएको थियो। एक टोलीले दाताको शल्यक्रिया र अर्को टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको हो। शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए। त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १८:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।