गौतम बुद्ध कप प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा राप्तीले नारायणीमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।
चितवनमा जारी खेलमा नारायणीले दिएको १ सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक बलअघि भेट्यायो । खेलको अन्तिम ओभरमा नारायणीका बलर दिपेश श्रेष्ठले दुई वटा नो बल फ्याकेपछि राप्तीलाई सहज भएको थियो । राप्तीको जितका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ र कमल सिंहले अविजित २४ रन बनाए ।
गौतम बुद्ध क्रिकेट मैदानमा यसअघि पहिले ब्याटिङ गरेको नारायणीले आठ विकेट गुमाएर एक सय ३८ रन बनायो । किशोर महताले ३६ र करण केसीले ३२ रन बनाए । नारायणीलाई मध्यम स्कोरमा समेट्न राप्तीका अविनाश बोहरा र सूर्य तामाङले दुई/दुई विकेट लिए ।
मङ्गलबार प्रतियोगिता अन्तर्गत राप्ती र नारायणी नै खेल्ने छन् ।




















प्रतिक्रिया