Logo

राजनीति

सरकार विरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई बधाई, ‘जसपा’ पनि छिट्टै सडकमा आउने: डा. भट्टराई



निर्मल लामिछाने। 

संघीय जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचार, निरंकुशता र कुशासन विरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिदै आफ्नो पार्टी पनि छिट्टै सडकमा आउने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेको छ । सरकारको विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । पछिल्लो समय देशभर केपी ओली नेत्तृत्वको सरकारको व्यापक बिरोध हुँदै आइरहेको छ ।

यसैबीच पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकार बिरुद्द सडकमा निस्केको काँग्रेसलाई सामाजिक सञ्जाल ट्वीटर मार्फत डा.भट्टराईले बधाई दिदै भनेका छन्, “ओली सरकारको निरंकुशता/कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ । अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक+सदनमा गर्जन्छ !”

Capture.JPG 

 

 
 
 
 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।