Logo

राजनीति

जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् : प्रदीप पौडेल



नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने बताएका छन् । कांग्रेस कञ्चनपुरले सोमबार सदरमुकाम हेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

“पछिल्लो समय राजतन्त्र ल्याउन सडकमा एकथरीको भीड लाग्ने गरेको छ,” उनले भने, “जनताले नै राजतन्त्र फालेका हुन् । फेरि राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् ।”

केन्द्रीय सदस्य पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनतामाथि शोषण भइरहेको बताउँदै सरकारले जनताका लागि केही गर्न नसकेको दावी गरे । देशमा विभिन्न बहानामा भ्रष्ट्राचार मौलाएको बताउँदै उनले सरकार नै ओम्नी समूह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई संरक्षणमा लागेको आरोप लगाए ।

नेता पौडेलले सरकारले अहिलेसम्म उपसभामुख चयन गर्नु नसक्नुले सरकारको चेतनाको स्तरलाई प्रष्ट पारेको टिप्पणी गरे । “विपक्षी दलको हुन्छ भनेर नेकपाले उपसभामुखको सिट खाली राखेको छ,” उनले भने, “त्यसले सरकारको चेतनाको स्तर कति छ भन्ने देखाउँछ ।”

विगतमा कांग्रेसले पनि गल्तीहरु गरेको स्वीकार गर्दै नेता पौडेलले वर्तमान अवस्थामा कांग्रेस नराम्रोहरु मध्येको राम्रो भएको बताए । उनले गल्ती तथा कमिकमजोरी सबैबाट हुने भन्दै आगामी दिनमा कांग्रेस सच्चिएर आउने दावी गरे ।

मुलुकमा थुप्रै समास्याहरु भएकाले सधै निराशावादी भएरमात्रै समास्याको समाधान नहुने नेता पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार २०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।