नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतल केपी ओलीको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । झापामा सोमबार भएको सरकार विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले प्रचण्डले नै ओलीलाई भ्रष्टाचारका लिखित रुपमा आरोप लगाएको बताए ।
उनले भने, ‘ओलीजीले नछाड्ने भएपछि प्रचण्डजीले भ्रष्टाचारको कुरा उठाउनुभयो । माधवकुमार नेपालजीले पनि भ्रष्टाचार भयो भनेर भन्नुभएको छ ।’
कांग्रेस नेता डा।महतले नेपालमा विदेशीहरूको चलखेल गर्ने केन्द्र भएको बताए । उनले ओलीले गोप्य कोठामा विदेशीहरू भेट्ने गरेको भन्दै राष्ट्रवादी अनुहार उदाङ्गो भएको बताए । उनले ओली सरकारले कोरोनाका नाममा अरबौं रुपियाँ भ्रष्टाचार गरेको बताए । उनले भने, ‘कोरोनाका नाममा बीस अरब रुपियाँ खर्च भएको भनिएको छ । कोरोनाका बेला पनि कम्युनिस्टहरूले कमाइ गर्ने अबसरका रुपमा लिएका छन् ।’
डा।महतले निर्वाचनका बेला कम्युनिस्टहरूले झुठको आश्वासन दिएर निर्वाचन जितेको बताए । जनताले दिएको अभिमतलाई कम्युनिस्टहरूले दुरुपयोग गरेको बताए । उनले भने, ‘ कम्युनिस्टले टुक्का जोडेर, कुम हल्लाएर कुरा गर्छन् । काम गर्दैनन् ।’
सह–महामन्त्री डा. महतले भने, ‘केपी ओलीले झापाली जनतालाई समेत निरास बनाउनुभएको छ । ओलीजीले भ्रष्टाचारलाई संरक्षण गर्नुभएको छ ।’ डा. महतले भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय मौन बसेको बताए । उनले भने, ‘साजय दिने निकायहरू मौन भएर बसेका छन् । अख्यितर ओलीको छायाँ बनेर मौन भएर बसेको छ ।’
विरोध सभा हुनु अगाडि झापाका नेता कार्यकर्ताहरूले कम्युनिस्ट सरकारविरुद्ध नाराबाजीसहित नगर परिक्रमा गरेका थिए ।





















प्रतिक्रिया