निर्मल लामिछाने।
नेपाल संघीय समाजवादी जनता पार्टीका संघीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विट्टरमा विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई राप्रपाको नयाँ अवतारको रुप हो भनेका छन् ।
नेपाल प्रेस अनलाइनमा रबिन्द्र मिश्रले दिएको अन्तरवार्तामा भनेका थिए, “हाम्रो पार्टी नेपालमा राजतन्त्र ल्याउन वा फाल्न, नेपालमा संघीयता ल्याउन वा फाल्न, नेपाललाई हिन्दु राष्ट्र बनाउन वा धर्मनिरपेक्ष बनाउन जन्मिएको होइन ।
हाम्रो पार्टी नेपालीलाई सुखी, सुशासित, समृद्ध र स्वाभिमानपूर्ण देश बनाउन जन्मिएको हो” भन्ने भनाइ प्रकाशन भएपछि भट्टराईले उक्त अन्तरर्वाताको लिंक शेयर तथा रि ट्वीट गर्दै लेखेका छन् ‘मित्र रबिन्द्र मिश्रप्रति सदभाव सहित भन्नैपर्छ दशौं हजार जनताले जीवन उत्सर्ग गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति निरपेक्ष रहने सोच प्रतिगामी नै हो । यस्तो सोच राख्ने शक्ति वैकल्पिक हैन राप्रपाको नयाँ अवतार मात्रै हुनसक्छ सरी ।’
भट्टराईको उक्त भनाइ प्रति अहिलेसम्म मिश्रले कुनै प्रतिक्रिया भने जनाएको छैनन् ।






















प्रतिक्रिया