Logo

बारपाकमा बन्यो ‘बुद्द पार्क’



गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनानमा रु ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ ।

गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनानको डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । “पार्कभित्र करिब पाँच फिट अग्लो बुद्ध मूर्ति राखिएको छ”, उनले भने,“ बौद्ध संस्कृति झल्कने खालका सामग्री पनि पार्कभित्र राखिएको छ ।” पार्कमा ढुङ्गाको कलात्मक सजावटसाथ प्रयोग गरिएको उनले बताए । “बुद्धपार्कमा प्राकृतिकस्वरुप झल्किएको छ”, गाउँपालिका अध्यक्ष भट्टले भने, “बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भए पनि पार्कले अल्मल्याउने निश्चित छ ।”

उनले भने, ‘पार्क बनाउन गाउँपालिकाले ४० लाख र वडा कार्यालयले रु पाँच लाख विनियोजन गरेका थिए’ । “पार्क बनाउन स्थानीयवासीले श्रमदानसमेत गरेका छन्”।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।