Logo

एआइजी पोखरेलद्वारा कर्मचारीहरुलाई जिम्मेबारी बहन गर्न निर्देशन



प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रममा निर्देशन दिएका छन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले कोरोना भाइरस (कोभिड-१९) द्वारा सिर्जित विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताए । व्यावसायिक, लागनशील, असल आचरणका साथ संगठनले दिएको जिम्मेवारीलाई बहन गर्दै संगठनले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा मातहत कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १३:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।