Logo

राजनीति

कोरोना आपत्कालीन कोषमा कांग्रेसले दियो ५० लाख



कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको आपत्कालीन कोषमा मुख्य बिपक्षी दल नेपाली कांग्रेसले ५० लाख रुपैंया जम्मा गर्ने निर्णय गरेको छ।

कोषमा कांग्रेसका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्। शर्माका अनुसार त्यसका लागि संघीय सांसदहरुले १५ दिनको तलब बराबर कोषमा जम्मा गर्नेछन्।

सरकारले कोरोना भाइरसको जोखिम सामना गर्न कोष बनाई १ करोड रुपैंया जम्मा गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।