तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले बिगत अगिलो वर्षबाट यो दिवस मनाउँदै आएको छ ।
नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले अगिलो वर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियानका संयोजक ज्ञानेन्द्र शाहीले बताए । राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र छ भएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा यसको प्रयोग बढिरहेको उनले बताए ।

‘गाडीमा प्रयोग भएको झण्डा च्यातिएको अवस्थामा छ भने तिनै झण्डा फहराएर हिँडेका छन् । झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा होइन यो राष्ट्रको पहिचान हो’, उनले भने । राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको प्रयोग बढेको भन्दै उनले असन्तुष्टि समेत जनाए ।

‘झण्डामा प्रयोग भएको चन्द्र, सूर्यको महत्व कसैलाई थाहा छैन् । ५ वटा कुनाको भ्यालु के हो त्यो पनि कसैलाई थाहा छैन्’, उनले भने, ‘झण्डा बोक्नु ठूलो कुरा होइन । यसको मान, सम्मान र आचारसंहिता बुझ्नु जरुरी छ ।’
सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

























प्रतिक्रिया