Logo

राजनीति

अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर 



संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध  रिट दायर गरिएको हो ।

अर्यालले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, मन्त्रिपरिषदको सचिवालयसहित संवैधानिक परिषदका सबै सदस्यालाई विपक्षी बनाएर रिट पेश गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषदको बैठकलगत्तै पेश गरेको अध्यादेश मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको थियो । अध्यादेशमा प्रधानमन्त्री एवम् परिषद अध्यक्ष सहित ५ जना अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान संशोधन गरी उपस्थितको बहुमतले निर्णय गर्न सक्ने  बनाएर नयाँ व्यावस्था गरिएको छ । अध्यादेशको यो प्रावधान संविधान तथा क्तिपृथकिकरण विरुद्ध भएको भन्दै सर्वत्र विरोध गरिएको छ । 

उता, प्रधानमन्त्री ओली निकटले भने संवैधानिक गतिरोध अन्त्य गर्न अध्यादेश जारी गर्नुपरेको बताएका छन् ।

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  १ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।