Logo

राजनीति

 नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित 



प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपनि स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ ।

बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । छलफलमा कुनै सहमति नभएको स्रोतले बतायो ।

मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गर्दै संवैधानिक परिषद्को कार्यविधि संशोधन गरेपछि सो पार्टीभित्र विवाद थपिएको छ । मंसिर २८ गते बसेको बैठकले सो पार्टीका स्वर्गीय नेता कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै पुष १ सम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डका फरकफरक राजनीतिक प्रस्ताव छलफलका लागि पेश भएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई आरोप पत्रको संज्ञा दिनुभएको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार १४:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।