चौतर्फी दवावपछि प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।विवादित अध्यादेश फिर्ता लिनका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भेटेरै प्रधानमन्त्री एंव अध्यक्ष ओलीलाइ आग्रह गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएपछि ओली अध्यादेश फिर्ता लिन सहमत भएको एक नेताले बताए ।
संसदको विशेष अधिवेशनको माग अब सत्तपक्षले छाड्ने देखिए पनि प्रमुख विपक्षी कांग्रेसले भने जोडदार रूपमा माग अघि सार्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
बहुमत सचिवालय सदस्यको निष्कर्षः तत्काल अध्यादेश फिर्ता गर्नुपर्छ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले अध्यादेश तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा भएको सचिवालय सदस्यहरुको बैठकले यस्तो आग्रह गरेको हो। उनीहरुले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने कदम आपत्तिजनक भएको निष्कर्ष निकालेका छन्।
भेलामा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।
प्रतिक्रिया