Logo

राजनीति

अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री ओली अहिले किन पछि हटे ?



काठमाडौं । अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट बुधबारैपछि हट्न बाध्य भएका छन् । बुधबार स्थायी समिति बैठकका लागि निर्धारित समय १ बजेका लागि नेकपाका नेताहरु बालुवाटार पुगिसकेका थिए । यो बैठकमा अध्यादेशबारे नेताहरुले ओलीको उछितो काढ्ने तयारी गरिसकेका थिए । 

त्यो भन्दा अघि नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा अध्यादेश फिर्ता नगर्ने अडान राखेका ओली अन्तिममा पछि हट्नुमा तीनवटा मुख्य कारण रहेको सो पार्टीका नेताहरुले अनौपचाकि कुराकानीका क्रममा बताएका छन् । 

ओली निकट मानिने ती नेताका अनुसार पहिलो, अध्यादेशको संवैधनिक पुष्टि हुन नसक्ने अवस्था थियो । दोस्रो चोतर्फि विरोध र आलोचनाबढ्ने खतरा रतस्रो अध्यादेशबाट नियुक्तिहरु गरेपनि संसदीय सुनुवाइले अनुमोदन नगर्ने निश्चित ।

यी तिन कारण थाहा पाएपछि ओली पछि हट्न बाध्य भएका हुन् ।त्यसका साथै अध्यादेशविरुद्ध ८३ जनाले सांसदले हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै राष्ट्पतिसमक्ष समावेदन गरेपछि ओली थप गल्न बाध्य भएका हुन् । 

‘विशेष अधिबेशन बोलाउनुपर्ने बाध्यता पनि थियो’, ओली निकटकै एक स्थायी समिति सदस्य भन्छन्, ‘यसरी अधिवेसन बोलाएपछि त्यहाँ समेत चर्को विरोध हुने स्पस्ट थियो । अर्कोतिर लगत्तै नियमित अधिवेसन समेत सुरु गर्नुपर्ने भएकाले संसदले समेत अध्यादेश फेल गराउने देखेर नै उहाँ (ओली) लचक हुनुभएको हो ।’ ती नेताले ओली लचक भएको भनेपनि ओली पछि हट्न बाध्य भएका हुन् ।

 जव प्रचण्ड उठे… 

अध्यादेश फिर्ता लिन कार्यकारी अध्यक्ष प्रचण्डले पटकपटक गरेको आग्रहमा नलिने अड्डि कसेका ओली अध्यादेशको विपक्षमा पुग्न निकैबेर गलेनन् । त्यसक्रममा ओलीले प्रचण्डलाई आफुसँग मिल्न आग्रह समेत गरेका थिए ।

 ‘हामी मिल्यौ भने सबैले जितिन्छ । तपाई पनि प्रतिवेदन फिर्ता गर्नुस् म ध्यादेश फिर्ता गर्छू’सिमित नेताहरुमाझ ओलीको भनाई उधृत गर्दै श्रोतले बताए । तर प्रचण्डले प्रतिवेदन कुनै हालतमा फिर्ता नहुने अडान दोहोर्याए । 

‘प्रतिवेदन फिर्ता हुदैन । तपाई यही ढंगले बढ्नुहुन्छ भने अव बैठक सञ्चालन हुन्छ र आवश्यक निर्णय गर्छ’ भन्दै प्रचण्ड उठेर बैठकस्थलतर्फ लागे । प्रचण्ड उठेर हिडेपछि अव दुर्घटना हुने भो भन्दै महासचिव विष्णु पौडेलले ओलीसँग केही खुसामत गरे । 

त्यसपछि तत्काललै पौडेलले प्रचण्डलाई पुनः बोलाए । पौडेलले पुनः बोलाएपछि प्रचण्ड ‘फाइनल कुरा गर्ने भए ठीकै छ’ भनेर पुनः सम्वादमा बस्न गए । त्यसपछि मात्रै ओली अध्यादेश फिर्ता लिन तयार भएका थिए । ‘ल त्यसोभए म अध्यादेश फिर्ता लिन्छु, तपाइहरु पनि संसद बैठकको माग गरेर समावेदन गर्न जुटाएको निवेदन र हस्ताक्षर फिर्ता लिनुस्’, ओली पछि हट्दै कम्परमाइजमा आएको एक नेताले बताए । 

त्यसपछि ‘ल अहिले यो गरौ बाँकी विवाद र छलफल बैठकबाटै निर्णय गरौ’ भन्ने प्रचण्डको प्रस्ताव ओली सहमत भए । 

‘त्यसपछि मात्रै दुवै अध्यक्ष स्थायी समिति बैठक प्रवेश गरेर सहमतिका सम्भावनाबारे अन्य सदस्यहरुमाझ राखेका हुन’, ति नेताले बालुवाटारको कसरत सुनाउदै भने, ‘नत्र त दुर्घटना नै हुन लागेको थियो ।’

ओली असफल, राष्ट्रपति विवादमा

निकै ठुलो रस्साकस्सीपछि स्थायी समितिले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न बाध्य बनायो । बुधबारको निर्णयले ओली एकलौटी हिड्न खोजे उनी असफल हुन्छन् भन्ने  स्पस्ट सन्देश दिएको छ । जुन विषयमा ओली पहिला पनि असफल भइसकेका हुन् । 

बैशाखमै यो प्रयासमा असफल भएका उनले यो पटक पनि दोस्रो हार खानुपरेको छ । ओलीसँगै बुधबारको नेकपाको निर्णयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि नंग्याएको छ । 

‘अध्यादेश लाने वित्तिकै हस्ताक्षर गर्ने तर संवैधानिक व्यवस्था अनुसार ८३ सांसदले अधिवेसन बोलाउन जाँदा सुनुवाई नै नगर्ने राष्ट्रपतिको यो शैलीबाट राष्ट्रपति नांगिएको मात्रै होइन, उनी कसको इशारामा चल्छिन् भन्ने पुष्टि भएको छ’, एक सचिवालय सदस्यले टिप्पणी गरे । 

 

 

प्रकाशित मिति : १ पुष २०७७, बुधबार २२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।