सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
श्रेष्ठले राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको सरकारको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले एकताबद्ध भई आ–आफ्नो ठाउँबाट कोभिड–१९ संकटविरुद्ध भूमिका खेल्न जरुरी रहेको औंल्याएका छन् ।
















प्रतिक्रिया