Logo

राजनीति

अध्यादेश फिर्ता लिने ओलीको तयारी



प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन तयार भएका छन् । चौतर्फी विवाद भएपछि अध्यादेश फिर्ता लिन अन्ततः प्रधानमन्त्री तयार भएका हुन् ।

बलुवाटार समाचार श्रोतका अनुसार आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्रीबीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । समाचार श्रोतका अनुसार नेता नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने बताएका थिए ।

यता, संविधानको धारा ११४ को उपधारा २ ‘खमा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार  २ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।