Logo

तेह्रथुमको म्याङलुङ्गको जनजाति संग्राहलय भवन ६ वर्ष बितिसक्दा पनि बनेन 



तेह्रथुमको म्याङलुङ्ग नगरपालिका १ ओख्रमा विभिन्न जातजातिको पहिचान झल्किने जातिय संग्राहलय बनाउने उद्धेश्यले ६ वर्ष अगाडी निर्माण कार्य सुरु गरिएको भवन अझैपनि अलपत्र अबस्थामा रहेको छ । पुरानो सर्वदलीय संयन्त्रले सुरु गरेको उक्त भवन स्थानिय तहको निर्वाचन पछि आएका जनप्रतिधिले बजेट अभाबको कारण देखाउँदै अलपत्र पारेका हुन् । 
धार्मिक संगै ऐतिहासिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको तेह्रथुमको म्याङलुङ बजार नजिकै तत्कालिन जिल्ला विकास समितिको कार्यलयले २०७१ सालमा भवन निर्माणका लागि ४ लाख वजेट विनियोजन गरे सगै निर्माण कार्य सुरु गरिएको थियो ।
१ करोड बजेटको लागत स्टमेटमा बन्न सुरु गरेको भवन ६ बर्ष बितिसक्दा पनि अहिले सम्म २८ वटा पिलरका लागि २८ वटा पिलर रड ठड्याउने काम भन्दा अघि बढ्न सकेको छैन। ६ बर्ष बितिसक्दासम्म पनि भवन निर्माणले गति लिन नसक्दा निर्माण स्थल झार बुट्टयानानले छोपिन थालेको छ ।
स्थानिय जातजातिको कला, सँस्कृति भेषभुसा लगायत ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु लोप हुने क्रममा रहेकाले यस्ता खालको सहग्राहलय बन्न अति जरुरी रहेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष गणेस सेनेहाङ्गको भनाई छ ।
स्थानिय निकायको चुनाब अघि सर्वदलीय संयन्त्रले सन्चालमा ल्याएका कतिपय योजनाहरुमा स्थानिय तहका जनप्रतिनिधिले खासै वास्ता दिएको पाइएको छैन । म्याङ्लुङ नगरपालिकाले स्थानिय  क्षेत्र भित्र रहेका धार्मिक ऐतिहासिक पुरात्वयिक तथा पर्यटकिय क्षेत्रको खोज अनुसनधानमा जुटे  पनि आजसम्म नगरपालिकाको ध्यान भने जनजाति संग्राहलय निर्णको लागि ६ बर्षसम्म अलपत्र परेको भवनमा पुग्न सकेको छैन ।
वडामा सिमित बजेट मात्रै नगरपालिकाले विजियोजन गरिदिने हुदा योभवन निर्माण सम्पन्न गर्न कठिन भएको म्याङलुङ्ग नगरपालिका वडा न.१ का अध्यक्ष इन्द्रराज लिम्बुको गुनासो छ ।
आधुनिकतासंगै परिवर्तन हुँदै आएको विभिन्न जातजातिको संस्कार संस्कृतमा भने मौलिकता हराउदै गएको देखिन्छ। जातीय संग्रहालय निर्माण गरि मौलिक पहिचान झल्काउने कुराहरूलाई जगेर्ना गर्न स्थानीय निकाए निकैनै चनाखो हुनुपर्ने अवस्था देखिएको छ ।

 

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १३:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।