चलचित्र ‘अनुराग’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका एलिजा गौतमले अब सामाजिक कार्य गर्ने निर्णय गरेकी छिन् । एलिजा पछिल्लो समय मोडलिङ्गमा पनि व्यस्त रहँदै आएकी छिन् ।
उनले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरुमा गरिब, असहायहरुको घर बनाइदिने निर्णय गरेकी हुन् । प्रत्येक जिल्लामा दशरदश वटा घरहरु निर्माण गर्ने कुरा उनले बुधबार सामाजिक सञ्जाल फेसबूकमार्फत् जानकारी गराएकी छिन् ।






















प्रतिक्रिया