Logo

राजनीति

पूर्वराजा ज्ञानेन्द्र देखि प्रचण्डलाई समेत रायमाझाी जब यसो भने…



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले अहिलेसम्म एक जना पिएसो राखेको र धेरै सुरक्षाकर्मी नराखेको स्पष्ट पारेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।

उनले भने-“मलाई धेरै सुरक्षाकर्मी राख्ने चाहना भएन् । राष्टलाई धेरै फजुल खर्च गराउन मन लागेन । राष्टलाई धेरै बोझ हुन्छ भनेर मैले लिईन् । जनताको सुरक्षापनि गर्नुपर्यो ।” उनले कतिपय नेताहरुले आफ्नो सुरक्षाकर्मी अलिक कम लिँदा हुने सुझाव दिएका छन् ।

उनले भने-“जसरी नेताहरुले सुरक्षाकर्मीहरु राखिरहनुभएको छ । त्यो न्यूनिकरण गर्नुपर्छ । उनले आजको दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सय जना सुरक्षाकर्मी आवश्यक नभएको जिकिर गरे । उनले भने, त्यो जनतामा विश्वास नभएर हो ।”

अनि तपाईको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५० जना सुरक्षाकर्मी चाहिन्छ र ? भनेर सोधेको प्रश्नमा रायमाझीले भने-“उहाँले कति राख्नुभएको छ, मलाई थाहा छैन् । तर, त्यो घटाउँदा राम्रो हुनछ । म पनि नेता हुँ नि । मैले एक जना पिएसो लिएर हिँडेको छु । त्यो पनि अहिले छैन् । हाम्रा नेताहरु असुरक्षित छैनन् । नेता सुरक्षित नै छन् ।”

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।