Logo

राजनीति

प्रचण्डको धम्कि के थियो प्रधानमन्त्री नै डराए ?



 संबैधानिक परिषदको बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता नभइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ५ बजेका लागि बैठक डाकेका थिए ।

अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता लिने भन्ने अनि सोही बमोजिम बैठक डाक्नु उचित भएन भनेपछि प्रधानमन्त्री ओलीले स्थगित गरेका हुन् । राष्ट्रिय सभाका अध्यक्षले पनि बैठक स्थगित भएको सूचना आएको बताए । बिहीबार साँझ ५ बजे बालुवाटारमा बैठक बोलाएपछि नेकपामा हल्लिखल्लि भएको थियो ।

प्रधानमन्त्री ओलीले हिजो मात्रै नेकपा बैठकमा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । तर अहिलेसम्म पनि अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयसम्म पुगेका छैन । अध्यादेश फिर्ता हुन भईरहेको ढिलाईले थप शंका उब्जाएको छ ।

नयाँ अध्यादेश अनुसार रिक्त संवैधानिक आयोगहरुमा बहुमत सदस्यबाट निर्णय गर्ने सक्ने प्राब्धान थप गरिएको छ ।प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्थाछ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।