नेपाल संघिय समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीको जोडी मिलेर लोकतन्त्र र संविधानको शीरमा तरबार झुण्ड्याएको खण्डन गरेका छन् ।
पछिल्लो समय भएको राजनीति उथलपुथल र दलहरु बीचको आन्तरिक द्वन्दको बारेमा सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. भट्टराईले समर्थन र बिरोध जनाउदै आएका छन् । यसैबीच उनले पछिल्लो समयको सरकाको गतिबिधिको बारेमा इतिहासले समेत क्षमा गर्न नसक्ने र देशमा अनिष्ट हुँदैगएको बताएका छन् । उनले बिहिबार राति ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, “वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके । अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है !” भनेका छन् ।
उनले अब आफ़्नोपार्टी पनि सरकारको बिरुद्दमा छिट्टै सडकमा आउने घोषणा गरिसकेका छन् ।





















प्रतिक्रिया