बलिउडकी चर्चित गायिका नेहा कक्कड र रोहनप्रित सिहंले दुई महिना अगाडि मात्रै बिहे गरेका थिए । उनिहरुले यस वर्षमा नै दिल्लीको गुरुद्वारामा बिहे गरेका थिए ।
उनीहरूको विवाह र हनिमूनको बिषयमा पनि धेरै चर्चा भएको थियो । अब भने नेहा र रोहन चाडै नै आमा बुबा बन्ने भएका छन् । सामाजिक सञ्जाल इन्ट्राग्राममा नेहाले आफू आमा बन्ने तयारीमा रहेको कुरा जानकारी दिएकी छिन् । नेहाले रोहनसँग एक तस्वीर सेयर गर्दै लेखेकी छिन् -‘अबदेखि मेरो ख्याल राख्ने गर ।’
नेहा र रोहनकाे सामाजिक संचाजालमा रहेको तस्वीरमा उनीहरुका प्रशंसक र फ्यानहरूले धेरै बधाई दिइरहेका छन् ।




















प्रतिक्रिया