Logo

राजनीति

संसदकाे विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौं : सभापति देउवा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदकाे विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु नसकेकाे स्वीकार गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जालमार्फत उक्त प्रक्रिया सुरू गर्न गरिएका प्रयास असफल भएको बताउनुभएकाे हाे ।

कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत सांसद् नभएकाले  अन्य दलसँग परामर्श गर्नुपरेकाे र त्याे गर्दा ‘सार्थकता’ पाउन नसकेकाे उहाँले बताउनुभएकाे छ । उहाँले अब संसदकाे नियमित अधिवेशन बाेलाउन समेत माग गर्नुभएकाे छ ।

‘संसद् अधिवेशन बोलाउन मैले पटकपटक पहल गरेको थिएँ,’ ट्विटरमा देउवाले लेख्नुभएकाे छ, ‘कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरूसँग पनि यस विषयमा छलफल भएको थियो । ती छलफलले सार्थकता नपाएकाले विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौं । अब तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गर्दछु ।’

hhh.jpg

प्रकाशित मिति : पुष ४, २०७७ शनिबार  ७ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।