Logo

अर्थ

मंगलबार शेयर बजारमा ३ पटक सकारात्मक सर्किट, कारोबार बुधबारमात्र खुल्ने



मंगलबार शेयर बजार ३ पटक सकारात्मक सर्किट लागेर आजको लागी बन्द भएको छ । शेयर बजारमा लगानी कर्तार्काको ओईरो लागेपछि प्रायः सबै कम्पनीको शेयरको मूल्य बढेको छ ।

अनिबार्य डिम्याट जाँचका कारण चार दिन यता किनेका शेयर बिक्री गर्न नमिल्ने भएपछि आपुर्ति नियन्त्रण हुन गई मुल्य बढेको हो । पहिले ४, त्यसपछि ५ र अन्तिममा ६ प्रतिशतले सूचक बढेपछि आजका लागि कारोबार बन्द भएको हो ।

तीन पटक सर्किट लागेर पनि शेयरको मूल्य उल्लेखनीय रुपमा बढ्ने क्रम नरोकिएपछि सूचकमा ६.०६% अर्थात ७२.०२ ले बढेर १२६०.७२ अंकमा पुगेपछि शेयर कारोबार आजका लागि बन्द भएको हो । बजार बन्द हुनु अघि १ बजेसम्ममा २२ करोड ७२ लाख रुपैयाँ बराबरको किनबेच भएको नेप्सेको वेवसाईटमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।