Logo

राजनीति

एउटा भारतीय कर्मचारीले होटलमा गएर कुरा गर्दा ओलीको कुर्सी हल्लीयो



नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भनाई र व्यवहारले देशलाई द्वन्द्धमा धकेल्ने काम गरेको भन्दै राजीनामा मागेर मात्रै नपुग्ने बताएका छन् । पछिल्लो पटक पार्टी बैठकबाटै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने आवाज उठिरहेका बेला नागरिक अगुवाहरुले पनि राजीनामा मागेर मात्रै अव नहुने र पदबाट हटाउनै पर्ने बताएका हुन ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै नागरिक अगुवा डा सुन्दरमणि दिक्षितले प्रधानमन्त्रीको राजीनामको माग मात्रै गरेर नहुने र हटाउनै पर्ने अवस्था आएको दावी गरे । उनले नागरिक समाजका रुपमा पुराना व्यक्तिहरु नयाँ युवा पंक्ति सडकमा आएकाले प्रधानमन्त्रीलाई अब हटाउन ढिला भइसकेको बताए।

उनले प्रधानमन्त्रीका विषयमा सत्तारुढ नेकपाले सोच्ने समय आइसकेको भन्दै जारी स्थायी कमिटीबाट हुन्छ वा केन्द्रीय कमिटीले नै बोलाएर भएपनि हटाउनुपर्ने र नहटाए देश चाँडै द्वन्द्धको मुखमा पुग्ने दावी गरे । ओलीलाई भारतले नभएर नेपाली जनतालेनै हटाउन खोजेको दिक्षितको भनाइछ ।

उनले भने,‘ओलीको बुद्धी नै भ्रष्ट भइसकेको छ । उहाँले षडयन्त्र भन्दा अरु केहि गर्न सक्नुभएन । नेकपाले कसरी हटाउने हो तर, हटाउनुपर्छ । भारतसँगको सम्बन्ध विगारी सकेर युद्धको अवस्थामा पुर्याए । सम्बन्ध खराव भयो । एउटा भारतीय कर्मचारीले होटलमा गएर कुरा गर्दा ओलीको कुर्ची हल्लीयो ।एउटा सार्वभौम देशकोप्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीको कुरा यसरी गर्न मिल्दैन । उनिसँग अब भारतले कुरा गर्दैन ।’

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  १० : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।