Logo

अर्थ

नेप्से डेढ घण्टामै ६% ले बढेर बुधबारको लागि कारोबार बन्द



नेप्से सूचक ६ प्रतिशतभन्दा धेरैले बढेपछि आजको लागि बजार बन्द भएको छ । बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको हो ।

खुलेदेखि नै लगातार बढ्न थालेको बजार पहिलो १३ मिनेटमा ४% ले बढेको थियो । यस्तै, ३५ मिनेटमा ५%ले बढेको थियो । सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढे पछि बुधबारको लागि शेयर कारोबार स्थगन भएको छ । सो अवधिसम्ममा ४० करोड ७३ लाख भन्दा बढीको शेयर खरिदबिक्रि भएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।