Logo

राजनीति

ओलीको राजनीतिक दौडधुप , दाहाललाई भेटेलगत्तै बादलनिवास पुगे



सुजता अम्गाई  

ओलीको राजनीतिक दौडधुप , दाहाललाई भेटेलगत्तै बादलनिवास पुगे काठमाडौं–सत्तारुढ नेकपा भित्र विवादको विवाद चुलिदै जादा शिर्षस्थ नेताविचको भेटघाट वाक्लिएको छ । शनिवार प्रधानमन्त्री केपी ओली दिनभर भेटघाटमै व्यस्त रहे । विहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भेट्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।खुमलटारको दुई नेताविच डेढ घण्टा छलफल भएकोथियो ।

दाहाल निवासको छलफल सकिए लगत्तै प्रधानमन्त्री ओली नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भेट्न मन्त्री निवास पुल्चोक पुगे । प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीचको भेटघाटमा भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी भएकाथिए भने दाहालनिवास खुमलटारको छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बाहिरिए लगत्तै अध्यक्ष दाहालसँग छलफल गर्न बरिष्ठ नेता माधव नेपाल खुमलटारबाट पुगेका थिए ।

131979503_217383759952515_1062254570124524971_n.jpg

प्रकाशित मिति : पुष ४, २०७७ शनिबार  २ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।