सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी समिति बैठकअघि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन् ।
स्रोतका अनुसार अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । यसअघि शनिबार भएको ओली प्रचण्ड वार्तामा ओलीले अध्यादेश फिर्ता लिनुपरे आफुमाथि आरोप लगाउँदै ल्याएको प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राखेका थिए ।
जवाफमा प्रचण्डले पार्टी कमिटीमा पुगेको प्रस्ताव फिर्ता नहुने बताएपछि ओली रिसाएर खुमलटारबाट बाहिरिएका थिए । त्यस्तै ओलीले आफुले पद छोड्नुपरे उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष दिनुपर्ने समेत बताएका थिए । यसअघि उनले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया