Logo

राजनीति

लोकतन्त्रको मर्म विपरीत काम गर्ने प्रधानमन्त्रीलाई सबैले प्रतिबाद गरौँ:- डा. भट्टराई



जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस गर्ने निर्णय लोकतन्त्रको मर्म विपरीत भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गर्नु लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भएको भट्टराईको भनाइ छ । यो कदमलाई सबै तवरबाट प्रतिवाद गर्नुपर्ने भन्दै उनले यसले हिजोकै संसदीय व्यवस्थाजस्तै अस्थिरता निम्त्याउने काम भएकाले कडा प्रतिवाद गर्नुको विकल्प नरहेको बताएका छन् । उनले भनेका छन्, लोकतन्त्रको हित बिपरित, संबिधानको धज्जी उडाएको छ ।
 

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार ११:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।