Logo

राजनीति

ओेली र मोदीले अयोध्या–जनकपुर बससेवा संयुक्त रुपमा उद्घाटन गर्दा किन बोलेनन् यो कुरा ?



प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या वास्तवमा नेपालको ठोरीमा भएको बताएका छन् । उनले भारतमाथि सांस्कृतिक अतिक्रमणको समेत आरोप लगाए । हिजो बालुवाटारमा बोल्दै ओलीले अयोध्या भारतले नक्कली बनाएको सक्कली नेपालको बिरगञ्जको ठोरीमा रहेको दावी गरे ।

यही कारण भगवान राम भारतको नभएर नेपालका छोरा भएको दावी गरे । यसो बोलिरहँदा एउटा इतिहास भने साक्षी छ । त्यो हो ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्तरुपमा जनकपुर–अयोध्या–जनकपुर बस सेवाको उद्घाटन गरेको थिए ।

दुई वर्ष अघि अर्थात् ११ मे सन् २०१८ मा दुवै देशका प्रधानमन्त्रीले जनकपुरमा त्योपनि एउटै पोसाकमा सजिएर अयोध्या जनकपुर सिधा बस सेवाको उद्घाटन गरेका थिए । रामायण सर्किटको सोच अनुसार उक्त उद्घाटन गरिएको थियो । रामायण सर्किट भन्दै नेपालको जनकपुरदेखि अयोध्यासम्मको खुबै चर्चा प्रधानमन्त्रीले नै गरेका थिए ।

उक्त उद्घाटनमा ओलीले जनकपुर र अयोध्याबीचको सिधा सम्बन्धलाई ऐतिहासिक क्षण भनेका थिए । दुई देशबीच धार्मिक पर्यटनको विकासमा पनि टेवा पुग्ने भनेका थिए ।

११ मे २०१८ कै दिन ओली र मोदीले जानकी मन्दिरमा एक साथ सम्बोधन गरेका थिए त्यो पनि उस्तै पोशाकमा । यसलाई राजनीतिक रुपमा पनि अर्थपूर्ण मानिएको थियो । तर त्यो बेला हिजो बोलेको कुरा ओलीले किन बोल्न सकेनन् । अहिले उनकै कार्यकर्ताले समेत प्रश्न गरिरहेका छन् ।

प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार  ९ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।